मंगलबार, वैशाख ४, २०८१

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

नेपालखोज २०७६ कार्तिक २१ गते ७:०५

२१ कार्तिक, काठमाडाैं । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भने, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ । ” देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।

आगामी तीन दिन यसै अवस्थामा मौसम सक्रिय हुने भएको छ । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा वर्षा भएपछि त्यहाँको प्रदूषण कम हुने अनुमान गरिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया