शनिबार, जेठ ४, २०८२

२४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो !

नेपालखोज २०७७ असार २ गते १६:३८

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३८० जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोेना सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा सङ्क्रमण देखिएको उनले बताए ।

प्रतिक्रिया