शुक्रबार, चैत १६, २०८०

कास्कीमा यस्ता छन् नेकपा, कांग्रेस, साझा र विवेकशिलका उम्मेद्धार

नेपालखोज २०७६ कार्तिक २१ गते १३:०१

२१ कार्तिक, काठमाडौँ । प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ बाट रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, विवेकशिल लगायत अन्य साना पार्टीसहित १० जनाले मनोनयन दर्ता गराएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । यस क्षेत्रमा नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले खेमराज पौडेललाई मैदान उतारेको छ ।

अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो  । यतिबेला विवेकशील र साझा छुट्टाछुट्टै दल बनेका छन् । विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया