शुक्रबार, चैत १६, २०८०

फेरी यसरी बन्दै छ रानीपोखरी

नेपालखोज २०७६ कार्तिक २१ गते १८:१०

पुजा गिरी, २१ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २८ मा अवस्थित ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा रहेको रानीपोखरीको पुर्न निमार्ण कार्य तिव्र गतिमा अगाडि बढेको छ ।

२०७२ सालको विनाशकारी भुकम्पका कारण रानीपोखरीको मुख्य आर्कषणको रुपमा रहेको वालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । साथै रानीपोखरीमा पानी निरन्तर चुहावट हुने समस्या भएपछि पोखरीको पुन निमार्ण थालनी गरिएको हो ।

करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको रानी पोखरीको लम्बाई १९७ मिटर र चौडाई १६१ मिटर रहेको छ । यस पोखरीको पूर्वमा घण्टाघर र त्रिचन्द्र कलेज रहेका छ्न् भने पश्चिममा निर्माणधिन दरबार हाईस्कूल रहेको छ । त्यस्तै उत्तरमा बिश्वज्योती सिनेमाघर र दक्षिणमा रत्नपार्क अवस्थित छ ।

वि.सं. १९९० को भूकम्पमा रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरको गजुर भत्केपछि तत्कालिन राजा जुद्धशमशेरले पुन निमार्ण गरेका थिए । त्यसपश्चात २०७२ सालको बिनाशकारी भुकम्पमा मन्दिरमा पुनः क्षति भएको थियो । भुकम्प गएको एक बर्ष पछि २०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यस मन्दिरको पुननिर्माणको सिलन्यास गर्नु भएको थियो । तर बिभिन्न अन्योलका कारण ३ वर्ष सम्म रानिपोखरीको पुन निमार्णले गति लिन सकेको थिएन ।

विं.सं २०७३ सालमा मन्दिरको पुन निमार्णको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर आधुनिक निमार्ण सामाग्रीको प्रयोग गरिएको भन्दै विरोध भएपछि रानिपोखरीको पुननिमार्ण कार्य रोकिएको थियो । त्यसपश्चात पनि बिभिन्न निकायले रानिपोखरीको पुन निमार्णको जिम्मा पाएको थियो र बालगोपालेश्वर मन्दिरको पुननिमार्ण पुरानै शैलीमा गर्नुपर्छ भन्दै विरोध गरेपछि रानिपोखरीको पुन निमार्ण ठप्प भएको थियो । हाल रानिपोखरीको पुन निमार्ण राष्ट्रिय पुननिमार्ण प्राधिकरणले गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले गठन गरेको रानिपोखरी पुननिमार्ण उपभोक्ता समिति र निमार्ण व्यवसायी मार्फत् रानिपोखरीको पुन निमार्ण भईरहेको राष्ट्रिय पुननिमार्ण प्राधिकरणका पुर्व सहसचिव राजुमान मानन्धर बताउनुहुन्छ । “पोखरीमा अवस्थित मन्दिर, १०० मिटर लामो पुल र सौन्दर्यकरणको जीम्मा उपभोक्ता समितिले पाएको छ भने, कालिमाटि र ईट्टा बिछ्याउने काम निर्माण व्यवसायीको मार्फत् हुदैछ,” ।
पुननिर्माण उपभोक्ता समितिले रानिपोखरीको वरिपरि गारो लगाउने काम ८० प्रतिशत सम्पन्न गरिसकेको छ भने पानी जामाउनको लागि कालिमाटि र ईट्टा विछ्याउने कामको पनि थालनि भईसकेको छ । पोखरीको वरिपरि गारो लगाउनको निम्ति प्रताप मल्लको पालामा प्रयोग गरीएको ईट्टा मा अप्पा र लोँ ःफ अप्पा प्रयोग गरिएको छ ।

रानीपोखरीमा रहेको यस वालगोपालेश्वर मन्दिरमा सर्वसाधारणहरुलाई हरेक वर्ष भाइटीकाको दिन मात्र प्रवेश गर्न दिईन्छ । हाल ग्रन्थकुट शैलीमा निमार्ण भईरहेको यस बालगोपालेश्वर मन्दिरको पुन निर्माणको जीम्मा सि.एम तुलसी जे.भी कन्सट्रक्सनले पाएको छ । यसकासाथै मन्दिरसंगै जोडिएको १०० मिटर लामो पुल र रानिपोखरीको सौन्दर्यकरणको जीम्मा पनी कन्सट्रक्सनले पाएको छ । बालगोपालेश्वर मन्दिर र पुलको निमार्णको लागि ३२ जना कामदारहरु छुट्याएको छ भने पोखरीमा कालिमाटि र इट्टा विछ्याउनको लागि १६ जना छुट्याएको छ ।
राष्ट्रिय पुननिमार्ण प्राधिकरणका पुर्व सहसचिव राजुमान मानन्धरका अनुसार रानिपोखरीमा पानी जमाउनकालागि प्राकृतिक स्रोत पर्याप्त नभएका कारण पोखरीको पुर्व र पश्चिम पट्टि बोरीङ्ग गर्ने योजना रहेको छ । साथै संकलन गरीएको आकाशे पानी पनि रानीपोखरीमा प्रयोग गरिने मानन्धर बताउनुहुन्छ ।

भुकम्प गएको ४ वर्ष वितिसक्दा पनि विभिन्न अन्योलका कारण रानीपोखरी पुन निर्माणले गति लिन सकेको थिएन । तर हाल रानिपोखरीमा रहेको मन्दिरका साथसाथै सम्पुर्ण पोखरीको सौन्दर्यकरण गर्ने कार्यले तिव्र रुप लिएको छ भने सम्पुर्ण निमार्णको काम २०७७ साल जेठको अन्तिमसम्म सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

रानीपोखरी पुननिमार्णको लागि उपभोक्ता समितिलाई १० करोड बजेटको बिनियोजन गरिएको छ भने हाल सम्म ३ करोड ५२ लाख खर्च भैसकेको छ । त्यसैगरी निमार्ण व्यवसायीको लागि १५ करोड विनियोजन गरीएको छ, जसमध्ये २ करोड खर्च भईसकेकोे छ ।

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ईस पुर्व १६६५ अर्थात् बिस १७२१ मा रानीपोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।

प्रतिक्रिया