शनिबार, जेठ ५, २०८१

सैन्य कारवाहीमा आठ जना आतङ्वादी मारिए

नेपालखोज २०८० भदौ १६ गते १७:०७

इस्लामावाद । पाकिस्ताानी सुरक्षा फौजले आतङ्वादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्वादी मारिएका छन् ।

सुरक्षा बलले शुक्रवार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्वाद विभागले जनाएको छ ।

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ ।

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो ।

साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी÷अतिवादी सङ्घसङ्गठन सक्रिय छन् ।

प्रतिक्रिया