मंगलबार, वैशाख ११, २०८१

बजार घटेपनि कारोवार रकम भने बढ्यो

नेपालखोज २०७६ कार्तिक २२ गते १०:३२

२२ कार्तिक, काठमाडौं । नेप्सेको निरन्तरको गिरावट नरोकिएपनि कारोवार रकम भने बढेको छ । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से आज छ दसमलव पाँच अंकले घटेर ११ सय ३१ दसमलव ९७ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव चार अंकले घटेर दुुई सय ४८ दसमलव ४१ अंकमा झरेको छ । बिहिबार एक सय ६३ कम्पनीहरुको पाँच हजार ४८ वटा कारोवारमा १२ लाख ९६ हजार आठ सय ७७ कित्ता सेयर खरिद किनबेच भएकाछन भने कारोवार रकम ३७ करोड ४५ लाख ५० हजार पाँच सय ७१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा बिहिबार१ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक घटेकाछन भने तीन वटाको बढेकाछन । सो मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक छ दसमलव छ अंकले घटेर एक हजार ३९ दसमलव १८ अंकमा सिमित रहंदा जलबिद्युुत समुहको सुचक सात दसमलव २३ अंकले घटेर नौ सय ९४ दसमलव ७१ अंकमा सिमित हुुन पुुगेको छ । यि बाहेक बिहिबार होटल, जीवन, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । टे«डिङ, निर्जिवन बीमा सर सामुुहिक लगानी कोष समुहको सुचकमा भने आज सुधार आएको छ ।
बिहिबार साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर सात सय ९५ रुपैयाँमा किनबेच हुुंदा एनआईसी एशिया ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य तीन रुपैयाँ ९३ पैसाले बढेर नौ रुपैयाँ २५ पैसामा किनबेच भएको छ । यसैगरी  रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ १९ पैसाले घटेर ७३ रुपैयाँमा किनबेच हुुंदा ओरन्टल होटल समुहको प्रतिकित्ता सयर मुल्य चार रुपैयाँ ४७ पैसाले घटेर चार सय ४८ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोवार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ४७ रुपैयाँ अन्तिम मुल्यमा ११ करोड २६ लाख ४३ हजार दुुई सय ७३ रुपैयाँको सेयर किनबेच भएको छ भने प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ६५ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ६५ लाख १२ हजार दुुई सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया