बिहीबार, वैशाख १३, २०८१

शनिवार शनिदेवको पुजा गर्नुहाेस । कस्ताे छ त तपाइँकाे भाग्य हेर्नुहाेस ।

नेपालखोज २०७६ कार्तिक २३ गते ७:३३

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

आज २३ कार्तिक २०७६ शनिवार को राशिफल

मेष
आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।

मिथुन
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

सिंह
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

तुला
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । रमाइलो यात्रापनि हुनेछ ।

धनु
दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

कुम्भ
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । वाहन लाभको योग छ ।

बृष
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।

कर्कट
आज कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुरानो रोकिएको धन हातापनि पर्न सक्छ ।

कन्या
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

बृश्चिक
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।

मकर
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउनेछ ।

मीन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योगपनि रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया