शनिबार, वैशाख १५, २०८१

खुल्लामञ्चबाट शुरु भयो टुँडिखेल संरक्षण गर्ने अभियान

नेपालखोज २०७६ कार्तिक २३ गते ११:००

२३ कार्तिक, काठमाडौं । खुल्ला रुपमा रहेको टुँडिखेल पछिल्लो समयमा यो वा त्यो नाममा खुम्चिँदै गएपछि टुँडिखेल संरक्षण गर्न भन्दै अभियन्ताहरुले मानव साङ्लो बनाएर सांकेतिक विरोध गरेका छन् । टुँडिखेल, रत्नपार्क लगायतका क्षेत्रमा क्रमश व्यवसायिक संघसंस्थाहरुलाई भाडामा लगाएको भन्दै बेला बेलामा नागरिक समाज र स्थानीय तह वीच वाकयुद्ध भईरहेको छ ।
टुँडिखेलको ऐतिहासिकतालाई मास्न लागिएको भन्दै नागरिकस्तरबाट संचालन भएको ‘अकुपाइ टुँडिखेल’ अभियान अन्तर्गत आज बिहान ८ बजेदेखि नै पहिलो चरणको कार्यक्रमका रुपमा मानव साङलो बनाइएको थियो । टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म करिब एक हजार मानिस मानव साङ्लो बनाएर उभिएका थिए।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, गायक योगेश्वर अमात्य, जेम्स प्रधान, कलाकार निर्मल शर्मा लगायत खुल्लामञ्च पुगेर ‘अकुपाइ टुँडिखेलु’ अभियानमा विभिन्न संघ संस्थाले ऐक्यबद्धता प्रकट गरेका थिए। यस्तै

मानव साङ्लो सहित टुँडिखेल कसैको विर्ता होइन, जनतालाई टुँडिखेल फिर्ता देउ लगायतका नारा लेखिएका जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरिएको थियो। अन्तयमा नाराहरु सहितको बेलुन उडाइ कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया