कांग्रेसले २९८ पालिकामा जित हासिल गर्दा, एमाले १८५ र माओवादीले ११५ पालिका जित्याे
काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २९८ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म २४ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १८५ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १८ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले ११५ पालिका प्रमुखमा जित निकालेको छ भने ९ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १५ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने ४ पालिकामा अग्रस्थानमा छ ।
जनता समाजवादी पार्टीले २० प्रमुख पद जितेको छ भने १३ स्थानमा अगाडि छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । यस्तै लोसपा ९ स्थानमा जित हासिल गरेको छ भने सात स्थानको पालिका प्रमुखमा अगाडि छ । अन्य दल तथा स्वतन्त्र उम्मेद्वार गरी २७ वटा प्रमुखमा विजयी हासिल गरेका छन् भने ६ प्रमुखमा अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया