शुक्रबार, वैशाख ७, २०८१

सुत्केरी श्रीमतीको उपचार गराउन आएका श्रीमानले गरे आत्महत्या

नेपालखोज २०७६ कार्तिक २३ गते १५:३९

२३ कार्तिक, चितवन । भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राती फेला परेको शव लम्जुङ दुधपोखरी गाउँपालिका–२ का २७ वर्षीय विष्णु बहादुर सुनारको रहेको प्रहरीले जनाएको छ ।

सुनारले गत कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । चिकित्सकका अनुसार बिरामीको अवस्था गम्भीर भएका कारण उनलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आईसीयूमा उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सुनारको श्रीमतीको स्वास्थ्य अवस्थाभने सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताए ।

घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया