आइतबार, माघ १३, २०८१

सलहबारे संसदमा संकल्प प्रस्ताव

नेपालखोज २०७७ असार १८ गते १८:४२

काठमाडौँ । सलहको बथानलाई रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्नुपर्ने भन्दै संसदमा संकल्प प्रस्ताव परेको छ । सांसदहरू डिला संग्रौला, पद्मनारायण चौधरी र मीना सुब्बाले आज संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement

संकल्प प्रस्तावमा स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरू परिचालित भई किरा नष्ट गर्न र खाद्यान्य बालीनालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

कुनै पनि रोगव्याधि, कीटाणु र किरा–फट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पुर्याउने असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्था छ । त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन जरुरी छ, प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया