शुक्रबार, चैत १६, २०८०

सुगर नियन्त्रण गर्न हरियो खुर्सानी

नेपालखोज २०७६ कार्तिक २४ गते ६:४९

२४ कार्तिक, काठमाडौं । खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ ।

स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ ।

यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी छ ।

प्रतिक्रिया