बिहीबार, वैशाख ६, २०८१

जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण

नेपालखोज २०७६ कार्तिक २४ गते १४:३५

२४ कार्तिक, काठमाडौं । लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका एवं क्षेत्र नं. १० का सांसद नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताए। सोही कार्यक्रममा बोल्दै पार्टीका जिल्लासभापति सबुज बानियाँले विवादित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरेका थिए । स्व सिंहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना मुलुकभरका मनाइँदैछ ।

प्रतिक्रिया