बिहीबार, वैशाख १३, २०८१

अष्ट्रेलियामा भिषण आगलागी, दमकल सहित १९ अग्नि नियन्त्रक घाईते ३ जनाको मृत्यु

नेपालखोज २०७६ कार्तिक २४ गते १५:०४

२४ कार्तिक, काठमाडौं । अष्ट्रलियाको क्वीन्सल्याण्डमा केही समय अगाडि ठूलो आगलागी हुँदा तीन जनाको मृत्यु भएको १ हजार भन्दा बढी नागरिक प्रभावित भएको जनाएको छ । आगलागी नियन्त्रणका लागि अष्टे«लियन सरकारले सेना परिचलान गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागीका कारण १ सय ५० घरहरु नष्ट भएको र एक हजार हेक्टर क्षेत्रफलमा रहेको जंगल आगलागीका कारण नष्ट हुन सक्ने अनुमान गरिएको छ ।
अग्नि नियन्त्रणका लागि ७२ वटा दमकल प्रयोग गरिएको र आगलागी कारण केही दमकल समेत क्षति भएको र उद्दार कार्यमा खटिएका १९ अग्निनियन्त्रकहरु घाईते भएको अष्ट्रेलियन सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगो नियन्त्रणका लागि दमकल तथा हेलिकप्टर समेत प्रयोग गरिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया