शनिबार, वैशाख १५, २०८१

१६ करोड हिनामिना गरेका प्रदेशका मन्त्रीले दिए राजीनामा

नेपालखोज २०७६ कार्तिक २४ गते १४:१०

२४ कार्तिक, कैलाली । पछिल्लो समयमा उच्च ओहोदोमा बसेका राजनीतिक व्यक्तिहरु विभिन्न आरोपमा पद मुक्त हुन थालेका छन् । यसले नेपाली राजनीतिमा कस्ता व्यक्तिहरुको बाहुल्यता रहेको छ भन्ने कुराको स्पष्ट पार्दछ ।

संसद सचिवालयकी महिलामा माथि यौन दूव्र्यवहारको आरोपमा सभामुख पदबाट कृष्णबहादुर महरा गलहत्यिए भने रौतहटमा बम विष्फोटन पश्चात सामुहिक हत्या काण्डमा अफताफ आलम पक्राउ परे । केन्द्रिय रुपमा मात्र होइन अहिले प्रदेशमा रहेका मन्त्रीहरुलाई पनि विभिन्न आरोप लाग्न थालेको छ । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावललाई यतिखेर १६ करोड ठगीको आरोप लागेको छ । सो आरोप पछि उनले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टसामु राजीनामा बुझाएका हुन् ।

रावललाई कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको आरोप लागेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् । मन्त्री रावलसहित ३६ जनाविरूद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिए ।

प्रतिक्रिया