शुक्रबार, चैत १६, २०८०

डेपुुटी गर्भनर श्रेष्ठ निलम्वनमा परेपछि पाण्डे तनावमा रिद्धीसिद्धी टे«र्डसको नाउँमा प्रवाह गरेको एक अर्ब रुपैयाँ कर्जाको फाईल खोलिने डर

नेपालखोज २०७६ कार्तिक २४ गते १७:४७

२४ कार्तिक, काठमाडौं । नेपाल सरकार अर्थमन्त्रायले नेपाल राष्ट्र बैंकका गर्भनर डा. शिवराज श्रेष्ठले गरेको अनियमितताको बिषयमा छानविन गरी कारवाहीको प्रकृया अगाडि बढाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दियो । उक्त निर्देशन पश्चात नेपाल राष्ट्र बैंक सञ्चालक समितीको बैठक बस्यो । कात्र्तिक १८ गते सोमबार गभर्नर डा. चिरञ्जीवी नेपाल समेत सहभागी बैंठकले डेपुुटी गभर्नर श्रेष्ठमाथि लागेको अनियमितताको आरोपका विषयमा छानबिन गर्न समिति गठन गर्यो ।

छानविन समितिमा डा. श्रीराम पौडेल संयोजक रहने गरी रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण तोकियो । समितिलाई एक महिनाभित्रमा डेपुटी गभर्नर श्रेष्ठमाथि लागेका सबै अनियमितताको आरोपहरुका विषयमा छानबिन गरी प्रतिवेदन बुुझाउने मिति तोकिएको छ । डेपुुटी गभर्नर श्रेष्ठमाथि लागेको अनियमितताको विषयमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नै निर्देशन दिएको थियो ।

अर्थमन्त्रालयबाट प्राप्त पत्र अनुसार महाशाखाका उपसचिव गोविन्द प्रसाद सुुवेदीले मन्त्रिपरिषद्को निर्णयबमोजिम श्रेष्ठमाथि लागेको अनियमितताको छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न यही कात्तिक ७ गते नेपाल राष्ट्र बैंकको सञ्चालक समितिलाई पत्र काटेको थियो । सो पश्चात कात्तिक १८ गते सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले डेपुुटी गभर्नर श्रेष्ठमाथि लागेको अभियोगको छानबिन गर्न समिति गठन गरेसंगै सोही दिनबाट डेपुुटी गर्भनर श्रेष्ठ निलम्वनमा परेका छन ।

डेपुुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेपछि यतिखेर सबैभन्दा बढी तनावमा परेका व्यक्ति हुुन नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे । पाण्डेको सम्वन्ध डेपुुटी गर्भनर श्रेष्ठसंग निकै नै घनिष्ठ रहेको छ । त्यहीकारण पनि बिगतमा नेपाल इन्भेष्टमेन्ट बैंकमा जतिसुकै नै अनियमितता भएपनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कुनै पनि कारवाही गरेनन । किनकी नेपाल इन्भेष्टमेन्ट बैंकलाई गरिने जुनसुुकै कारवाही पनि डेपुुटी गर्भनर श्रेष्ठ ढाल बनेर अगाडि आईदिन्थे । सोही कारण राष्ट्र बैंकका तल्ला तहका कर्मचारीहरुले इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्न सक्ने कुरै भईन ।
तर अहिले डेपुुटी गर्भनर श्रेष्ठ निलम्वनमा परेपछि इन्भेष्टमेन्टका सिईओ पाण्डे आफ्नो पनि पोल खुल्ने डरले अत्तालिएकाछन । उच्च श्रोतका अनुसार अहिले पाण्डे डेपुुटी गर्भनर श्रेष्ठमाथिको छानविन फितलो पार्न साम दाम दण्ड भेद सबै नीति अबलम्वन गरेर लागि गरेकाछन । सरकारले डेपुुटी गर्भनर श्रेष्ठलाई धेरै बिषयहरुमा अनिमितता गरेको आधारमा छानबिन गरिरहेको छ ।

धेरै बिषयमा अहिले नजाउँ । तर ति बिषय मध्ये कै एउटा महत्व पुुर्ण बिषय हो, डेपुुटी गर्भनर श्रेष्ठले बैक तथा फाईनान्स कम्पनीहरुलाई खराव कर्जा लुकाउन सहयोग गरी नीतिगतरुपमा भ्रष्टाचार गर्नुु । हो यही भ्रष्टाचार डेपुुटी गर्भनर श्रेष्ठको मिलेमतोमा नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको छ ।

बैंकका प्रमुुख कार्यकारी पाण्डेले कोईला व्यापारी श्याम मल्ललाई एक अर्ब रुपैयाँ पिजी लोन दिएका थिए । त्यो कर्जा बापत अहिलेसम्म बैंकले कुुनै पनि किसिमको सावाँ व्याज फिर्ता पाएको छैन । यो खराव कर्जा पाण्डेले डेपुुटी गर्भनर श्रेष्ठ कै सहयोगमा लुुकाएकाछन । कर्जा लिएदेखि नै मल्लले कर्जाको सावाँ व्याज वापत बुुझाउनुुपर्ने नियमित किस्ता बैंकलाई बुुझाएका छैनन ।

र्जा नबुुझाउँदा बैंक अप्ठेरोमा परेको छ । रिद्धीसिद्धी टे«र्डस नामक कम्पनीको नाउँमा लिएको कर्जा अहिले निकै नै खराव भईसकेको छ । यो कर्जा पाण्डेले डेपुुटी गर्भनर श्रेष्ठ कै सहयोगमा लुुकाएका हुुन । अहिले श्रेष्ठ निलम्वनमा परेपछि पाण्डे तनावमा पर्नुुको प्रमुुख कारण पनि यही नै हो ।

प्रतिक्रिया