शुक्रबार, वैशाख ७, २०८१

भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

नेपालखोज २०७६ कार्तिक २५ गते ७:२८

२५ कार्तिक, काठमाडाैं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको हो ।

आइतबार बसेको संसदीय समितिको बैठकमा सीमाबारे सांसदहरूले सरकारको धारणा माग गर्नुपर्ने बताएका थिए । सांसदहरूले सरकारको आधिकारिक धारणा राख्न प्रधानमन्त्रीलाई समितिमा बोलाउन माग गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक र कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य व्यवस्था समितिले चासो देखाएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

प्रतिक्रिया