शनिबार, वैशाख ८, २०८१

प्रभुु बैंकको नाफा बढ्यो, तीन महिनामा कमायो ६२ करोड ८४ लाख

नेपालखोज २०७६ कार्तिक २५ गते ११:३६

२५ कार्तिक, काठमाडौं । प्रभुु बैंकको नाफा बढेको छ । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६२ करोड ८४ लाख ६६ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा पाँच दसमलव दुई प्रतिसतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ करोड ८४ लाख ३८ हजार रुपैैयाँ रहेको थियो ।

चुक्ता पुंजी आठ अर्ब ८९ करोड २६ लाख ७५ हजार रुपैैयाँ रहेको बैंकले चालुु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब छ अर्ब ४६ करोड ९३ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड ५३ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैैकले एक अर्ब ४० करोड ६८ लाख ४० हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको छ । निष्क्रिय कर्जाको अनुुपात तीन दसमलव ३२ प्रतिसत रहेको बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ६७ रुपैयाँ १२ पैसा रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमान एक अर्ब १३ करोड ३६ लाख ३० हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैैकमा दुुई दसमलव ५१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया