बिहीबार, चैत ६, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ २० गते ८:२५

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले पनि प्रदेश १, ५ र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

Advertisement

देशका बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ । यसैगरी आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै माशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया