शनिबार, माघ २६, २०८१

बसमा आगजनी

नेपालखोज २०७६ कार्तिक २५ गते १२:४३

२५ कार्तिक, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

Advertisement

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए।

प्रतिक्रिया