बिहीबार, वैशाख ६, २०८१

नेपाल ओलम्पिक कमिटीले भन्यो साग तोकिएकै मितिमा हुने यस्ता छन् आधार !

नेपालखोज २०७६ कार्तिक २५ गते १४:२६

२५ कार्तिक, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् ।

साग प्रचार प्रसार समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिरा लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पारे ।

प्रतियोगिता सञ्चालन तयारीका बारेमा जानकारी लिन नेपाल आएको दक्षिण एशियाली ओलम्पिक कमिटी तथा सेभ दि मिसनको टोलीले साग आयोजना स्थलको निरीक्षण गरेको र उनीहरु नेपालको तयारीप्रति विश्वस्त रहेको उनले बताए ।

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई—तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने उल्लेख गरे । पूर्वाधारले यस अघि अल्झएको भए पनि यस पटक नअल्झाउने भएकाले साग फेरी सर्ने कुनै आधार नभएको उनको भनाई छ ।

प्रतिक्रिया