मंगलबार, वैशाख ११, २०८१

नेविसंघले निकाल्यो राँके जुलुस

नेपालखोज २०७६ कार्तिक २५ गते २१:१६

२५ कार्तिक, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई भारतले आफ्नो देशको रुपमा चित्रण गर्दै सार्वजनिक गरेको नक्साको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ आज साँझ राँके जुलुश सहित प्रदर्शन गरेको छ ।

भारतले नेपालको भूमिमा हस्तक्षेप गरेको र दुई तिहाईको सरकारले आफ्नो जमीन फिर्ता ल्याउन समेत पहल नगरेको भन्दै भारतीय सरकारको विरोधमा नेविसंघले विरोध गरेको हो ।

प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लवलमा राखेको छ । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लक्ष्मण पन्थी, नेविसंघका नेता तारा बहादुर थापा, प्रेम जीसी, धर्मराज ओली छन् भने अखिलका नेता निराजन पौडेल र भुपेन्द्र लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया