शुक्रबार, चैत १६, २०८०

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

नेपालखोज २०७६ मंसिर ३० गते ७:१३

३० मंसिर, काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार करिव राति १० उनको उनको निधन भएको हो । साढे १० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिएकाे छ ।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईकाे निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।

भट्टराईले कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा काम गरेका थिए ।

प्रतिक्रिया