शुक्रबार, वैशाख ७, २०८१

धरौटीमा छुटेका करोडपति जुवाडेहरु सम्पत्ति शुद्धिकरण विभागको फन्दामा

नेपालखोज २०७६ कार्तिक २६ गते १२:१९

२६ कार्तिक, काठमाडौं । दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेका करोडपति जुवाडेहरु १७ दिनपछि सोमबार राती छुटे । काठमाडौंका सिडिओ जनकराज दाहालले ३०/३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए । छुटेलगत्तै फेरि पक्राउ गरेर प्रहरीले उनीहरुलाई मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । विभागले पनि करिब एक महिना थुनामा राखेर उनीहरुमाथि अनुसन्धान गर्ने भएको छ ।

जुवाखालमा भेटिएको पैसालाई नै बिगो बनाएर फेरि मुद्दा चलाउने विभागको तयारी छ । जसकारण यो पक्राउ उनीहरुको लागि निकै महंगो पर्ने देखिएको छ ।

गत ९ कात्तिकमा पक्राउ परेका बलराम सापकोटा, पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजबंशी लगायत सबैलाई प्रहरीले विभागमा बुझाएको छ । कौडा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया