शुक्रबार, चैत १६, २०८०

बंगलादेशी राष्ट्रपति हमिद नेपालमा

नेपालखोज २०७६ कार्तिक २६ गते १३:००

२६ कार्तिक, काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आईपुगेका छन् । ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन्।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्। उनको स्वागतकालागि सेनाको टुकुडीले सम्मान गारत अर्पण समेत गरेको छ ।

उनले भ्रमणका क्रममा समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लागयत अन्य उच्च पदस्थसँग भेटवार्ता गर्नेछन्। उनसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने भैमण तालिका छ ।

उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ। राष्ट्रपति भण्डारीले राष्ट्रपति हमिदको सम्मानमा रात्रीभोज समेत आयोजना गर्दै छिन् ।

यस्तै, नेपाल भ्रमणकै समय बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका चन्द्रागिरी, भक्तपुर लगायतका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । यसरी ४ दिन भ्रमण सम्पन्न गरी हमिद शुक्रबार स्वेदश फिर्ता हुने छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन् ।

प्रतिक्रिया