बुधबार, असोज १०, २०८०

बहराइनमा नेपालीलाई कोरोना संक्रमण

नेपालखोज २०७६ चैत ९ गते १७:२४

काठमाडौँ । बहराइनमा तीन जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार त्यहाँ तीन नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिऐ । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।
बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया