बिहीबार, वैशाख ६, २०८१

रौतहटमा विष्फोट

नेपालखोज २०७६ कार्तिक २६ गते १४:५०

२६ कार्तिक, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । विष्फोटमापरी प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् ।

उक्त घटना घटाएको आशंकामा प्रहरीले एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् ।

प्रहरीले उनले प्रयोग गरेको बीआर.५ एच ६५०९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । विस्फोट भएको यो स्थान सीमा क्षेत्रमा पर्छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया