शुक्रबार, वैशाख १४, २०८१

कैलालीको मोहन्याल गाउँपालिकाका वडाध्यक्ष पक्राउ

नेपालखोज २०७६ कार्तिक २६ गते १७:५५

२६ कार्तिक, कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।

घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया