मंगलबार, असार १७, २०८२

चिकित्सकको लापरवाहीले सर्लाहीमा ७ महिने बालकको मृत्यु, पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

नेपालखोज २०७७ फागुन १४ गते २१:१८

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापरबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

लालबनदी नगरपालिका वडा नं. ६ जनबादी चौक बस्ने स्थानिय रमेश गिरीको ७ महिने छोराको गाउँमैत्री बाल अस्पतालका डा अर्जुन लामाले केहि दिनदेखि उपचार गरेका थिए भने बालकको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रवार बिहान अन्य अस्पताल लैजान रिफर गरेका थिए ।

बालकको उपचारका लागि जनकपुर लैजाने क्रममा बाटैमा मृत्यु भएपछि शुक्रवार साँझ लालबन्दी तनाबग्रस्त बनेको थियो । बिरामी आफन्तले अन्तिम समयमा डा लामाले बालकको रेफर गरेको स्वास्थ्य स्थितीबारे जानकारी लिन खोज्दा मोबाइलमा पब्जी खेलेर बसेको र अभद्र व्यवहार गरेको स्थानियको भनाई छ ।

शुक्रबार साँझसम्म पिडित परिवार र अस्पताल पक्ष बिच छलफल भएको छ । अस्पतालले उपचार खर्च मिनहा गर्ने अस्पतालको सहमतिपछि अवरुद्ध राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

प्रतिक्रिया