बुधबार, वैशाख १२, २०८१

विद्युत् माग घट्याे

नेपालखोज २०७६ कार्तिक २७ गते ७:२०

२७ कार्तिक, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो-तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो ।

‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार विद्युत् माग  २२२५ मेगावाट हुनुपर्ने हो तर अहिले माग ११७० मेगावाटको हाराहारीमा छ,’ विधुत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

प्रतिक्रिया