शनिबार, माघ २६, २०८१

अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार

नेपालखोज २०७६ कार्तिक २७ गते ७:३२

२७ कार्तिक, काठमाडाैं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ ।

Advertisement

मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ ।

उनीहरुलाई पीडितका अनुसार मानव तस्कर गिरोहले नेपालबाट भिएतनाम २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको खुलेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया