शुक्रबार, वैशाख १४, २०८१

रौतहटको गौरमा स्वास्थ्य सामाग्री वितरण

नेपालखोज २०७७ साउन १ गते १६:५७

रौतहट । पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा केही स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

बुधवार गौरमा सो सामाग्रीहरु संसदको बिकास तथा प्रबिधि समिति सभापती कल्याणी खड्काले हस्तान्तरण गरेकी छन् । रौतहटमा कोरोनाका कारण बढी जोखिममा रहेकाले बरिष्ठ नेता नेपालको समन्वयमा अमेरिका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापती खड्काले बताइन् ।

गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र १ हजार थान सर्जिकल मास्क उपलब्ध गराइएको थियो । त्यस्तै राजपुर, इशनाथ, गौर, परोहा ननरपालिकाहरुलाई १ सय केएन ९५ माक्स, सेनिटाइजर ५ लिटर र सर्जीकल मास्क १ हजार थान हस्तान्तरण गरिएको पुर्व सांसद रामकुमार भट्टराइले जानकारी दिएका छन् ।

त्यस्तै, रौतहट काठमाण्डौ सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरीलाई पानी र बाढीमा गस्ती गर्न सहज होस भन्ने उदेश्यले पानीमा लगाउने बुट ३० थान तथा सन्तपुरमा रहेको सशस्त्र प्रहरी लाई १३ थान बुट सहयोग गरिएको छ ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुका साथै नेकपाका शम्भु साह, लक्ष्मण रेग्मी, चन्देश्वर राउतलगायतका नेताहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया