त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने
नेपालखोज
२०७६ कार्तिक २८ गते ७:४६
२८ कार्तिक, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ ।
दक्षिणतर्फको पार्किङ वे असोज महिनादेखि नै तयार गर्ने भनिएपनि सामाग्री आपूर्ती लगायत समस्याले केही ढिला हुने गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया