बुधबार, वैशाख १२, २०८१

सल्लाहकारलाई घोक्रेठ्याक लगाए प्रधानमन्त्री ओलीले

नेपालखोज २०७६ कार्तिक २९ गते ११:४३

२९ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकारसहित ६ जनालाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले ओलीले आफ्ना प्रेस सल्लाहकार कुन्दन अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ ।

१ मंसीरदेखि लागु हुने गरी उनीहरुको राजीनामा स्विकृत भएको बताईएको छ । पदमुक्त हुनेमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी र सचिवालयमा कार्यरत घनश्याम भट्टराई रहेका छन् । यसैगरी सचिवालयमा कार्यरत कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्।

राजिनामा दिएकाहरु मध्ये प्रधानमन्त्रीले आफ्नो प्रमुख सल्लाहकारमा रहेका नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमालको राजिनामा भने स्विकृत नगरी उनलाई निरन्तरता दिने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले नेपाल खोजलाई जानकारी दिएको छ ।

यसैगरी प्रधानमन्त्रीका अन्य सल्लाहकार र सचिवालयका सदस्यहरुले पनि अहिले निरन्तरता पाउने स्रोतले जनाएको छ।

प्रतिक्रिया