बिहीबार, चैत १५, २०८०

डाक्टर साहेब बिहान खाली पेटमा मनतातो पानी पिउनाले के के फाइदा हुन्छ ?

नेपालखोज २०७७ फागुन १९ गते १३:१४


बिहान खाली पेटमा मनतातो पानी पिउनु लाभदायी हुने हुन्छ ।
यसले सम्भावित कयौ रोगबाट पनि हामीलाई बचाउँछ ।
यसले विषाक्त पदार्थ पसिना र शरीरमा भएका फोहोर पिसाबका रुपमा बाहिर निकाल्छ । यसले तपाईंलाई स्वस्थ मात्रै हैन सुन्दर राख्न पनि सहयोग गर्ने देखिन्छ ।
हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउँछ ।
यसले हाम्रो शरीरमा स्फूर्ति ल्याउँछ ।
खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ ।
पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ ।
हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।
पेटको विकार बाहिर आउँछ ।
पेटको संक्रमण र ग्याष्टिकको जोखिम कम हुन्छ ।
शरीरको वजन घटाउन सहयोग मिल्दछ ।
शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ ।
छालामा चाउरीपना, दाग, डन्डीफोर र चाया, दागधब्बा हटाउन समेत सहयोग गर्दछ ।
यसले मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।

प्रतिक्रिया