बुधबार, वैशाख १२, २०८१

काठमाडौंमा महंगा गाडी चोरी गरेर बेच्ने गिरोह पक्राउ

नेपालखोज २०७६ कार्तिक २९ गते १४:४३

२९ कार्तिक, काठमाडौं । चारवटा महंगा चोरीका गाडीसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।

बिहीबार महानगरीय प्रहरी वृत कालिमाटीले गोरखा सुलिकोट गाउँपालिका–७ घर भई सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका सञ्चालन गर्दै आएका ३४ वर्षीय मुकुन्द प्रसाद पुडासैनी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपेन्द्र भन्ने दीपकबहादुर बुढालाई पक्राउ गरेको हो ।

उनीहरुबाट बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राईभेट फच्र्युनर कार र डिएल २ सिएजेट ७७९९ नम्बरको क्रेट कार प्रहरीले नियन्त्रणमा लिएको छ । चारै वटा भारतबाट तस्करी गरेर ल्याइएका गाडी भएको कालिमाटी वृत्तका डिएसपी रुगम कुँवरले बताए । कसरी तस्करी हुन्थ्यो भन्नेबारे अनुसन्धान भइरहेको उनी बताउँछन् ।

आदित्य ट्रान्सपोर्टले चोरीको गाडीहरु प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटी प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको हो । नक्कली नम्बर प्लेट राखेर ती गाडीहरु प्रयोग हुने र बिक्रि हुने गरेको प्रहरीले जनाएको छ । यसमा ठूलो गिरोह संलग्न रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया