बिहीबार, वैशाख १३, २०८१

गुगल सर्च वेभलाई देखाएर नेपालको भूभाग आफ्नै भएको दाबी गर्दै भारत

नेपालखोज २०७६ मंसिर १ गते ७:०६

१ मंसिर, काठमाडौँ । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ ।

भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गरेको सर्भे तथा नक्सा आधिकारिक हो । सीमाङ्कनका विषयमा नेपाल र भारतबीचको विवाद हटाउन दुई देशको संयुक्त सर्भे टोलीले झापाबाट सीमाको दूरी सर्वे गर्नथालेको छ । तर सीमा रेखाङ्कन र अतिक्रमणका विषयमा भने उक्त टोलीलाई कुनै जिम्मेवारी दिएको छैन ।

नेपाल–भारतबीच करिब एक हजार आठ सय स्थानबाट खुला रूपमा आवतजावत हुने गरेको छ । आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमणदेखि सीमास्तम्भ हराउने समस्या बढेको भनाइ सुरक्षा अधिकारीको छ । सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठ तराई क्षेत्रमा सीमाका बस्तीहरूमा वारि घर पारि खेत, पारि घर वारि खेत भएकाले समस्या देखिएको बताउछन् । त्यस्तै खोलाले धार परिवर्तन गरी किसानको घर–खेतबारी वारिपारि हुने भएकाले पनि विवाद हुने गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया