शुक्रबार, चैत १६, २०८०

मोबाइल पत्रकारिता तालीम सम्पन्न

नेपालखोज २०७६ मंसिर १ गते १०:२७

१ मंसिर, बनेपा । सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ ।

प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो ।

कार्यक्रममा प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए ।

उनले ग्लोबल जर्नालिज्मको अवधारणालाई आम पत्रकारिता जगतमा पु¥याउन सहयोग पु¥याउने र मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारले आफूलाई लोकल जर्नालिज्म हो भनेर सङ्कुचितरूपमा सोच्ने गरेका कारण अब प्रविधि र मिडियाको प्रयोगको पहुँच असीमित हुने गरेको कारण लोकल नभई ग्लोबल जर्नालिज्म हो भन्ने धारणामा परिवर्तन ल्याउन तालीमले उत्प्रेरण दिने बताए। तालीममा जिल्लामा रहेर रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितामा सक्रिय २० पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया