बिहीबार, वैशाख १३, २०८१

तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुन्छ : प्रधानमन्त्री

नेपालखोज २०७७ चैत १ गते १३:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताए।

सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ । सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेको बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको बताए । हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उनको भनाइ छ ।

त्यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उनले बताए ।पक्की बाटोको अर्थ बुझाउँदै प्रधानमन्त्री ओलीले भने, ‘सडकबाट गाडी नझर्ने खालको, प्राविधिक रुपमा राम्रो, पिलरहरु राखिएका बाटो निर्माण भएको छ ।’

प्रतिक्रिया