शनिबार, वैशाख ८, २०८१

चौकीबाट भाग्ने क्रममा सेनाका जवानको मृत्युको विषयलाई लिएर स्थानियले गरे पृथ्वी राजमार्ग अवरुद्ध

नेपालखोज २०७६ मंसिर १ गते १३:२५

१ मंसिर, चितवन । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतबार (आज) एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।

प्रहरीकाे नियन्त्रणमा रहेकाे युवककाे मृत्यु भएपछि स्थानीयले पृथ्वी राजमार्गका सवारी अवागमनमा पुर्णरूपमा ठप्प पारेका छन् ।सडक अवरुद्ध भएपछि यात्रुहरू अन्याेलमा परेका छन् ।अहिले सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया