बिहीबार, वैशाख १३, २०८१

‘ए मेरो हजुर–४’ मा अनमोल र सुहानाको जोडी ओमान, हल्याण्ड रमाउँने

नेपालखोज २०७६ मंसिर १ गते १३:४१

१ मंसिर, काठमाडौं । अनस्क्रिनमा नेपाली चलचित्र क्षेत्र नै तरंङ्गित बनाउने जोडी मध्यमा एउटा जोडी हो सुहाना र अनमोलको जोडी ।

‘ए मेरो हजुर’ बाट सुप्रसिद्ध नायिका झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर– ३’ मा सुहाना थापा र अनमोल केसीको जोडीले दर्शकहरुलाई हलसम्म पुग्न बाध्य नै पारेको थियो भन्दा सायदै फरक नपर्ला । यो जोडीलाई हेर्न मात्रै पनि दर्शकहरु हलसम्म तानिएका थिए ।

गत चैत अन्तिम साता प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले बक्सअफिसमा लोभलाग्दो व्यापार नै गरेको थियो र त निर्देशक तथा नायिका थापा फेरि यही फिल्मको चौथो पार्ट निर्माणमा तम्सिएकी हुन् ।

अनस्क्रिनमा रुचाइएको सुहाना र अनमोलको यो जोडीलाई दर्शकहरुले पुनः एक पटक देख्न पाउने भएका छन् ।लभस्टोरी सिरिज ‘ए मेरो हजुर–४’मा अभिनेता अनमोल केसी अनुवन्द भए पछि अब सुहाना र अनमोलको जोडीलाई दर्शकले देख्न पाउने पक्का भएको हो ।

शनिबार साँझ ‘ए मेरो हजुर–४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सुहाना थापाले डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर–३’ मा अनमोलले पनि प्रवेश गरेका थिए । नायिका तथा निर्देशक झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर–४’ लाई सुनिलकुमार थापाले निर्माण गर्ने भएका छन् ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्र ‘ए मेरो हजुर–४’ माघ २० देखि छायांकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायांकन हुने यस चलचित्रले दर्शकको माया बटुल्न सक्छ सक्दैदन त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया