आइतबार, जेठ ६, २०८१

भुपेन्द्र बने नेपाल आइडलको विजेता

नेपालखोज २०७८ चैत ५ गते २१:१९

काठमाडौं । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता घोषणा भएका छन् । आज भएको ग्रान्ड फिनालेमा आफ्ना अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि चुमेका हुन् । फष्टरनरअप नाम्गेल तामाङ भएका छन् भने, सेकेन्ड रनरअप रञ्जित नेपाली बनेका छन्।

टाइटलसँगै भुपेन्द्रले नगद ३० लाख रुपैयाँ प्राप्त गरेका छन् भने फस्ट रनरअप तामाङले ५ लाख रुपैँया र ट्रफी, सेकेन्ड रनरअप नेपालले ३ लाख रुपैँया र ट्रफी पाएका छन् । त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भएका छन् । उनीहरुले गिटार र दस लाख बरारको बिमा पाएका छन् ।

ग्रान्ड फिनालेमा भुपेन्द्रसँगै झापाका विश्वास उप्रेती, मोरङकी लक्ष्मी पौडेल, झापाका नाम्गेल तामाङ र रामेछापका रञ्जित नेपाली पुगेका थिए । नेपालमा पहिलो पटक फ्रेन्चाइज गायन रियालिटी शोको सुरुवात गरी सिजन-४ गत मंसिर २३ गतेदेखि सुरु भएको थियो ।

तस्बिर सौजन्य : एपी वान टीभी

प्रतिक्रिया