शुक्रबार, वैशाख ७, २०८१

नयाँ मन्त्रीमण्डलको अन्तिम टुङगो आजै लगाउन ओली र प्रचण्डविच छलफल हुँदै, विहानको खुमलटार वार्ता निर्णयक बन्न सक्ने !

नेपालखोज २०७६ मंसिर २ गते १४:१७

२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पूर्नगठनको तयारी तिव्र भैरहेको छ । यो तयारीमा आएको तिव्रतासँगै विशेषगरी पूर्व माओवादीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटलाई तिव्रता दिएका छन् ।

नयाँ मन्त्रीमण्डलको लिस्टमा कसलाई राख्ने र पुरानोबाट कसलाई हटाउने यस बारे पूर्व माओवादीहरु आन्तरिक छलफलमा त छन् नै तर अहिले मन्त्रीको लिस्टबाट बाहिरिने सम्भावना भएका मन्त्रीहरुपनि प्रचण्डसँगको भेटघाटमा   छन् । प्रचण्डसँगको सल्लाह अनुसार गुटगत भागवण्डालाई समेत ध्यानमा राखि अहिलेका मन्त्रीलाई आउट गर्दै नयाँलाई प्रवेश गराउने ओलीको तयारी भएकाले पनि नेताहरुले प्रचण्डसँगको भेटलाई बाक्लो बनाईरहेका छन् ।

त्यसैले नेकपाका केही नेताहरुदेखि मन्त्रीहरु आज विहानैदेखि प्रचण्ड निवास खुमलटारमा छन् । नेकपाको एक उच्च स्रोत अनुसार नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको छलफल खुमलटारमा जारी छ ।

अहिलेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगाएत अन्य ६ जना अहिलेको मन्त्रीमण्डलबाट बाहिरिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रचण्डसँगको नेताहरुको यो छलफल अनुसारको लिस्टका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी छ । दुई दिन अघि मात्रै आफ्नो सचिवालयका ६ जना सल्लाहकारलाई आउट गरेका प्रधानमन्त्री ओलीले आज नै बाहिरिने र भित्र्रीने मन्त्रीको टुङगो लगाउने कसरत गरेकोे स्रोतले जानकारी दिएको छ । यसकालागि केहीबेरमै ओली र प्रचण्डको छलफल सुरु हुने छ । आजको छलफललाई निर्णायक बनाउने तयारीकै लागी वरिष्ठ नेता नेपाल लगाएत अन्य नेताहरुसँग प्रचण्ड आज विहानैदेखि निरन्तर छलफलमा थिए ।

प्रतिक्रिया