बिहीबार, चैत १५, २०८०

फेसबुकमा अनफ्रेन्ड गरेको निहुँमा हत्या ! फेसबुकको रोचक तथ्यहरू पढ्नुहोस ।

नेपालखोज २०७६ मंसिर ३ गते ११:३९

फेसबुक अहिले हाम्रो समाजमा प्रयोग नगर्ने कोही छैन । फेसबुक कसैले फुर्सदको बेला चलाउछन् कसैले साथीभाई अथवा जो कोही सँग कुराकानी गर्न चलाउछन् भने कार्यालयको काममा पनि यस्को ठुलो प्रयोग हुदै आएको छ । हाम्रो समाजमा फेसबुकको लोकप्रियता बढ्दै छ भने सँगै यस्को दुरूपयोग पनि बढेको छ यो न्युन हुन जरूरी छ । चीन लगाएतका केही देशमा फेसबुक प्रतिबन्ध छ । फेसबुकको बारेमा केही रोचक कुराहरू !

१. फेसबुकको स्टाटस बक्समा गएर जे कुरा टाइप गरियो त्यो फेसबुकको सर्भरमा पुग्दछ, यदी लेखेको कुरा मेटियो अथवा पोष्ट गरीएन भने पनि ।

२. औसतमा १ मिनेटमा १८ लाख चोटी लाइक बटम थिचिन्छन् ।

३. अहिले प्रचलनमा रहेको कुल फेसबुक अकाउन्ट मध्य करिब ९% अकाउन्ट फेक छन् ।

४. फेसबुकमा भएको सुरक्षा कमजोरी बारे पत्ता लगाउने मानिसलाई फेसबुकले खोजी खोजी सम्मान र पुरस्कार दिन्छ ।

५. कहिलेकाहीँ अनेकाैं प्राविधिक कारणले फेसबुक चल्दैन त्यसबेला फेसबुकलाई प्रति मिनेट २५ हजार डलर घाटा लाग्छ ।

६. हाल फेसबुकमा करिब तीन करोड मृत मानिसको फेसबुक अकाउन्ट छ ।

७. फेसबुकको कारणले अपराधिक घटना पनि बढेको छ । यति सम्म पनि भएको छ कि आफुलाई अनफ्रेन्ड गरेको निहुँमा समेत मानिसको हत्या भएको छ ।

प्रतिक्रिया