शनिबार, वैशाख ८, २०८१

ओलीको प्रधानमन्त्री पद पाँच वर्षलाई पक्का, प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी

नेपालखोज २०७६ मंसिर ४ गते १६:०७

४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पद पाँच वर्षलाई सुरक्षित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी                   (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले आलीलाई पाँच वर्षिय प्रधानमन्त्री र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नयाँ मन्त्रिमण्डलमा कसलाई राख्ने र कसलाई हटाउने छलफलमा जुटेको नेकपाले आफ्नो नेतृत्व पावर माथि नै हेरफेर ग¥यो । नेकपाको यस निर्णय पश्चात अब हालको संसद रहँदासम्म नै ओली प्रधानमन्त्री बनिरहने छन् ।

तत्कालिन एमाले र माओवादी एकताका समय नेकपाका दुई अध्यक्षले आलोपालो नेतृत्वको सहमति गरे बमोजिम ओलीले आफुलाई पार्टी नेतृत्वको पावरबाट बाहिर ल्याउनु परेको हो । तर नेकपाले भने राजनीतिक स्थायीत्वको सन्देश दिन यस्तो निर्णय गरेको बताएको छ ।

प्रतिक्रिया