शुक्रबार, वैशाख १४, २०८१

आफनो मनोकाक्षा पूरा गर्न आज विहिबार बंगलामुखिको दर्शन गर्नुस् 

नेपालखोज २०७६ मंसिर ५ गते ६:००

बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्नाले आफ्नो मनोकाँक्षा पूरा हुने विश्वास गरिएको छ । तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पति स्वामी भएको हुनाले, बृहस्पति ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दर्शन गर्ने गरिन्छ ।

शत्रुलाई संहार गर्नकोलागी बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ। देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ।

प्रतिक्रिया