बुधबार, कार्तिक ५, २०७७

‘चपली हाइट–३’ को शुभसाइत

नेपालखोज २०७६ मंसिर ५ गते १०:३२

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ को मंगलबार कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको छ ।

मन्दिरमा पूजा गरेर निर्माणले पक्षले चलचित्रको सुभसाइत गरेसंगै आज मंसिर ५ गतेदेखि चलचित्रको छायांकन सुरु भएको छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुनकुमारको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

‘चपली हाइट’ को दुई शृंखला मध्ये पहिलोले व्यावसायिक सफलता हात पारेको थियो भने दोस्रो औषत चलचित्र बनेको थियो ।

प्रतिक्रिया