बिहीबार, जेठ ३, २०८१

शैली थिएटरमा राष्ट्रिय बाल नाटक महोत्सव

नेपालखोज २०७९ पुष १८ गते १४:४८

काठमाडौं । नाट्य क्षेत्रमार्फत् बालबालिकाको विकासका लागि १३ वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय बाल नाटक महोत्सवको १४ औं संस्करणको घोषणा गरिएको छ।

शैली थिएटरले संचालन गर्दै आएको राष्ट्रिय बाल नाटक महोत्सव कोरोना महामारीका कारण विगत दुई वर्ष देखि भर्चुअल रूपमा सम्पन्न गरिदै आएको छ । शैलीले यो वर्ष भने भौतिक उपस्थितिमै महोत्सव संचालन हुने बताएको छ ।

यो महोत्सवका सहभागी नाटक रातोपुलस्थित शैली थिएटर तथा कमलपोखरीस्थित रुसी सदनमा माघको अन्तिम सातामा वा फागुनको दोस्रो सातामा हेर्न पाइनेछ । यो महोत्सव १० दिनसम्म चल्ने शैली थिएटरले जनाएको छ । महोत्सवमा व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयहरुले सहभागिता जनाउन सक्छन् ।

प्रतिक्रिया