शनिबार, वैशाख १५, २०८१

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

नेपालखोज २०७६ मंसिर ५ गते १०:५८

५ मंसिर, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया