आइतबार, जेठ ६, २०८१

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि

नेपालखोज २०७८ मंसिर २९ गते ९:३४

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि मात्र हुने भएको छ । सभापतिको मतगणना गएराती अबेर सम्पन्न भएकाले पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि मात्रै हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

सभापतिको मतगणना हिजो राष्ट्रियसभा गृहमा भएको थियो । अन्य पदाधिधकारी र केन्द्रीय सदस्यहरूको मतगणना भने सानेपास्थित पार्टी कार्यालयमा हुने जनाइएको छ ।

आज बस्ने निर्वाचन समितको बैठकले भोलि हुने मतगणनाको समय तय गर्नेे छ । पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम आउन करिव एकसाता लाग्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया